Friday, January 13, 2017

साझा बसले लामो दूरीमा भाडा घटायो,कहाँको भाडा कति (भाडादरसहित)

काठमाडौं,पुस २९ – साझा यातायातले काठमाडौं बाहिर लामो दूरीमा आफ्नो बसबाट यात्रा गर्नेहरुका लागि सुविधा दिने तयारीका साथ भाडादर घटाएको छ । काठमाडौंबाट बुटवल-भैरहवा-सुनौली, हेटौंडा-वीरगञ्ज र पोखरा-कुस्मा-बाग्लुङ गरी तीन रुटमा १४ वटा बसहरु दुईतर्फी सञ्चालन गर्दै आएको साझले २० प्रतिशत भाडा घटाएको आज जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।

भोलिदेखि साझाका बसहरुमा लामो दूरीको यात्रा गर्नेहरुलाई छुटको व्यवस्था गरेको हो । गएको असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि सेवा दिन सुरु गरेको साझाले हाल काठमाडौंबाट गोरखा,बाग्लुङ,पोखरा, विरगंज,भैरहवा,लुम्बिनीको लागि ८ वटा बसबाट सेवा दिइरहेको छ।

नयाँ भाडादरमा काठमाडौंबाट बाग्लुङ पुग्न ४४२ रुपैयाँ लाग्नेछ । सोही रुटमा कुस्मासम्म ४०० र पोखरासम्म ३१२ भाडा दर कायम गरिएको छ । त्यस्तै काठमाडौंबाट वीरगञ्ज जान ३९२ रुपैयाँमात्र लाग्नेछ । सोही रुटमा हेटौंडासम्मका लागि ३२८ भाडा तोकिएको छ । छुटसहितको भाडादर अनुसार काठमाडौंबाट बुटवलसम्म ३७८, भैरहवासम्म ४०८ र सुनौलीसम्म ४०८ रुपैयाँ तोकिएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: