Thursday, January 12, 2017

लोकमानले सरकारी निवास छाडे

काठमाडौं, पुस २८ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकारी निवास छाडेका छन् । कार्की र उनको परिवारले बिहीबार अपराह्न सरकारी निवास छाडेको हो ।

उनी अख्तियारको सवारी साधन त्यहीं छाडेर निजी गाडीमा बाहिरिएका थिए । तर, उनको सुरक्षानिम्ति दिइएको प्रहरीको गाडी र केही प्रहरी भने सँगै गएको बताइएको छ ।

सर्वोच्च अदालतले उनको नियुक्ति नै बदर गरेपछि कार्की प्रमुख आयुक्तबाट स्वतः पदमुक्त भएका थिए ।

Previous Post
Next Post

post written by:

0 comments: