Tuesday, January 10, 2017

खानेपानीको चरम हाहाकार, जहाँ पानी सापटी मागेर बिरामीलाई औषधि खुवाइन्छ

काठमाडौं, पुस २७— काभ्रेको कोशीपारि क्षेत्रमा पर्ने माझीफेदा स्वास्थ्य चौकीमा पानीको चरम हाहाकार छ । जहाँ विरामीलाई औषधि खुवाउँदा पनि पानी सापटी माग्नु पर्ने स्थिति छ ।

स्वास्थ्य चौकीका इन्चार्ज उमेश ढकालले सेवाग्राहीको भन्दापनि बिहान बेलुकी खानेपानीको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको बताए । १२ वर्षअघि जनश्रमदानबाट निर्माण गरिएको स्वास्थ्य चौकीमा अझैसम्म पानीको व्यवस्था हुन सुकेको छैन ।

पानी नभएका कारण स्वास्थ्य चौकीमा चेकजाँच गर्न आएका विरामीलाई पानी खुवाउन नसकिएको उनले बताए ।पानी अभावका कारण शौच गर्न समेत झाडीतिर जानु पर्ने वाध्यता रहेको ढकालको अनुभव छ ।

स्वस्थ्य चौकीमा कार्यालय सहयोगीसहित ६ जनाको दरबन्दी छ । तर, अहिले तीनजना मात्र कार्यरत छन् । भएका कर्मचारी पनि पानी बोक्न टाढाटाढा जानु पर्ने भएपछि झनै अप्ठेरो भएको उनीहरुको भनाई छ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Previous Post
Next Post

post written by:

0 comments: