Tuesday, January 10, 2017

कार्यालयमै तास खेल्ने विद्युत् प्राधिकरणका कर्मचारीमाथि कारबाही

झापा, पुस २६ ।
कार्यालय समयमा कार्यालयभित्रै तास खेलिरहेको अवस्था भेटिएका नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, दमकका कर्मचारीमाथि कारबाही भएको छ ।

सोमबार दिउँसो प्राधिकरणका कर्मचारी होमबहादुर अधिकारी, सन्तोष दाहाल, हरिचन्द्र तिम्सिना, राधाकृष्ण चौधरी र नवराज न्यौपाने कार्यालयभित्रै तास खेल्दै गर्दा भेटिएका थिए । त्यसको भोलिपल्ट मंगलबार उनीहरूमाथि कार्यालयले विभागीय कारबाही चलाएको हो ।

कार्यालय समयमा कार्यालयभित्र तास खेल्ने कर्मचारीमाथि विभागीय कारबाही गरिएको कार्यालय प्रमुख सुरेन्द्रकुमार साहले बताए ।

साहका अनुसार दैनिक ज्यालामा काम गर्ने अधिकारी र तिम्सिनालाई कामबाट हटाइएको छ भने अन्यलाई स्पष्टीकरण सोधिएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: