Tuesday, January 10, 2017

 अष्ट्रेलियामा नेपाली विद्यार्थीमाथि मुद्दा दायर, यस्तो छ कारण

काठमाडौं, पुस २६— अष्ट्रेलियाली युवतीलाई सार्वजनिक स्थलमा पिटेको आरोपमा नेपाली विद्यार्थीमाथि मुद्दा चलाइएको छ ।

नेपालबाट अध्ययनको सिलसिलामा अष्ट्रेलियाको सिड्नी पुगेका नेपाली विद्यार्थी पवन श्रेष्ठलाई मदिरा पिएर युवतीमाथि कुटपिट गरेको त्यहाँको प्रहरीको आरोप छ ।

प्रहरीले श्रेष्ठको पासपोर्ट जफत गरेको छ । उनले मदिरा सेवन गरी नशाको सुरमा हातपात गरेको हुन सक्ने बयान दिँदै माफी मागेका छन् । अष्ट्रेलियाको एक टिभी च्यानल ‘सेभेन न्युज’सँग कुरा गर्दै श्रेष्ठले भने, “त्यतिबेला मैले पिएको थिएँ, म कसरी एउटी महिलालाई कुट्न सक्छु, ऊ पनि कसैको छोरी हो, कसैको श्रीमती हो । म त्यस्तो गर्न सक्दिनँ, म उनीसँग माफी माग्न चाहन्छु ।”

अर्को महिना उनलाई अदालतमा उपस्थित गराएर मुद्दा अगाडि बढाइने बताइएको छ । धरौटीमा रिहा भए पनि उनले काम गर्दै आइरहेको ‘म्याक्डोनल्ड’ कम्पनीले पनि निष्कासन गरिदिएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: