Sunday, January 8, 2017

नेपाली चेली तेरिया मगर फाईनलमा, भोट गर्न आग्रह

काठमाडौं, २५ पुस । भारतीय टेलिभिजन शो ‘झलक दिखला जा’ मा प्रतिष्पर्धारत नेपालको रुपन्देही जिल्लाकी तेरिया फौजा मगर उपाधि नजिक पुगेकी छन् ।

‘डान्स इन्डिया डान्स, लिटिल्स मास्टर्स २०१४’ को उपाधि जितेर वाहवाही कमाएकी तेरिया फेरि भारतकै कलर्स टेलिभिजनले देखाइरहेको ‘झलक दिखला जा’ को फाइनल राउण्डमा पुगेकी छन् । तेरियाले फाइनलमा ‘झलक दिखला जा’ कै पूर्व विजेता सलमान युसुफ खान र हिपहप च्याम्पियनसिपका विजेता सनातनु महेश्वरीलाई उछिन्न् पर्नेछ । सलमानले त आफ्नो प्रतिद्वन्दी तेरियालाई नै मानेका छन् । उनले आफ्नो प्रतिष्पर्धा तेरियासंग मात्र हुने बताएका हुन् । उपाधि नतिजाका लागि जनवरी १४ देखि २१ सम्म भोटिङ खुल्ला हुँदैछ । भोटिङका लागि भारतमा हुनेले sms बाट ter टाइप गरी ५६८८२ पठाउन सक्नेछन् भने नेपाललगायत संसारका कुनै पनि ठाउँबाट अनलाइनमा http://www.colorstv.com/mena/jhalak-dikhhla-jaa/ मा गई भोट गर्न सक्ने छन् ।

Previous Post
Next Post

post written by:

0 comments: