Thursday, January 12, 2017

मध्यरातमा न्याय परिषद्को बैठक, उच्च अदालतका ८२ न्यायाधीशको टुंगो, को–को छानिए ? (सूचीसहित)

काठमाडौं, पुस २९—न्याय परिषदको बिहीबार मध्यरातमा बसेको बैठकले उच्च अदालतका ८२ न्यायाधीशहरुको नामवली टुंगो लगाएको छ । बिहीबार राति नियुक्त गरेका न्यायाधीशलाई संविधानको धारा १४० (१) अनुसार नियुक्ति तथा पदस्थापन गरेको नयाँ परिषद्को निर्णयमा उल्लेख छ।

प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक र माओवादीद्वारा परिषद सदस्य नियुक्त पदम वैदिक सहभागी बैठकले न्यायाधीश नियुक्ति गरेको हो । नियुक्त भएका न्यायाधीशबारे परिषदले औपचारिक जानकारी दिएको छैन । ५ सदस्यीय परिषदले बहुमतको आधारमा न्यायधीश नियुक्ति गरेपनि यसले विवाद बढाउने देखिएको छ ।

न्यायपरिषदको बैठकमा सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौला भने सहभागी थिएनन् ।

हेर्नुहोस् नवनियुक्त न्यायाधीशहरुको सूची

Previous Post
Next Post

post written by:

0 comments: