Monday, January 9, 2017

रेड कार्पेटमा यस्तो देखिईन् बलिउड सुन्दरी प्रियंका चोपडा (फोटोफिचर)

एजेन्सी – हलिउडको यात्रामा रहेकी बलिउडकी नायिका प्रियंका चोपडा फेरि एकपल्ट पहिरनको कारण चर्चामा आएकी छिन् ।बलिउडका चर्चित अवार्डमा भाग लिइरहेकी प्रियंका अहिले हलिउडका चर्चित अवार्डहरुमा सहभागी भैरहेकी छिन् । अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् । आइतबार राति क्यालिफोर्नियामा सम्पन्न ७४औँ गोल्डेन ग्लोब अवार्डमा अभिनेत्री प्रियंका चोपडाको पहिरनले तारिफ पाएको छ ।

अवार्ड समारोहमा हलिउडमा थुप्रै सेलिबे्रटीको उपिस्थत रहेको थियो । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उपस्थित प्रियंका सबैको नजरमा परेकी थिइँन् । डाइमण्डजडित पहिरनमा प्रियंकाले आफ्ना फनहरुलाई फ्याइलिङ किस समेत दिएकी थिइँन् । प्रियंका पहिल्लो समय हलिउडमा ब्यस्त छिन् ।

Previous Post
Next Post

post written by:

0 comments: