![Rss_Images_1484567305497_ROS_KTM_160117_16106632_10206170200134210_1935730782_o-16012017062753-1000x0](https://i0.wp.com/whitehimal.tv/wp-content/uploads/2017/01/Rss_Images_1484567305497_ROS_KTM_160117_16106632_10206170200134210_1935730782_o-16012017062753-1000x0.jpg?resize=680%2C334)
राष्ट्रपति विद्यादेवी भण्डारीले अाफ्नी कान्छी छाेरी डा. निशाकुसुम भण्डारीको विवाह उनकै प्रेमी इन्जिनियर अभिषेक यादवका साथ गरिदिएकी छिन् ।
साेमबार हिन्दू परम्पराअनुसार राष्ट्रपति निबास शीतल निवासमा बनाइएकाे जग्गेबाट राष्ट्रपतिले अाफ्नी छाेरीकाे कन्यादान मात्र गरिनन्, अन्माइ पनि दिइन् ।
राष्ट्रपति भण्डारीका ज्वाइँ अभिषेक छाेरी निशाका बीच बूढानीलकण्ठमा पढ्दैदेखि प्रेमसम्वन्ध रहेकाे बताइएकाे छ । अभिषेक इन्जिनियर मुनिलाल यादव र सांसद किरण यादवका छाेरा हुन् । त्याेभन्दा पनि बढी किरण पूर्वराष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् ।
विवाह समाराेहमा पूर्वराजा ज्ञानेन्द्रलगायतका विशिष्ठ पाहुनाहरू सहभागी थिए ।
0 comments: