Friday, January 13, 2017

एनअारएन अमेरिकाकाे सधारणसभाः पुग्दैन काेरम तैपनि अाए डा. प्रकाशशरण

Mahat-13012017115342-1000x0

अमेरिकाकाे टेक्सास राज्यकाे डालासमा शनिबार हुने एनआरएन अमेरिकाको पाँचौं साधारणसभाकाे काेरम नपुग्ने निश्चित भए पनि त्यसकाे उद्घाटन गर्नकै लागि नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत विहिबार साँझै टेक्सास अाइपुगेका छन् ।

पत्नीसहित अमेरिका अाएका डा. महत साधारणसभाकाे उद्घाटन गर्नकै लागि मात्र अमेरिका अाइपुगेका हुन् । अायाेजकहरूका अनुसार उनलार्इ उद्घाटन गर्नकै लागि बाेलाइएकाे हाे र  शनिबारको साधारणसभाका अतिरिक्त उनकाे अन्य औपचारिक कार्यक्रम नै छैन ।

डालासस्थित फोर्टवर्थ विमानस्थल उत्रेका मन्त्री दम्पतीलाई एनआरएनए, अमेरिकाका पदाधिकारी लगायत कांग्रेस पार्टी कार्यकर्ताले स्वागत गरेका थिए । तीनदिने अमेरिका भ्रमणमा अाएका महत शनिबार साँझै नेपाल फर्किने कार्यक्रम रहेकाे छ ।

एनअारएन अमेरिकाकाे अागामी चुनावमा केन्द्रीत हुने अनुमान गरिएकाे साधारणसभामा अमेरिकामा रहेका १७ वटा एनआरएनए च्याप्टरका प्रतिनिधिहरुको सहभागिता रहने बताइएकाे छ । अायाेजकहरूले नै चारसयकाे सहभागिता रहने बताइएकाे साधारणसभाकाे गणपुरक संख्या नपुग्ने निश्चित छ । चुनाव जित्नकै लागि सदस्य संख्या बढाएर १० हजार नघाइएकाे एनअारएनका वर्तमान पदाधिकारीलार्इ अाराेप छ ।

Previous Post
Next Post

post written by:

0 comments: