Friday, January 13, 2017

सिरिया शान्ति वार्तामा अमेरिका पनि सहभागी हुने

बेरुत (लेवनान), पुस २९ गते । टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमण रहेकै समयमा यही जनवरी २३ गतेदेखि काजकिस्तानको अस्तानामा हुने शान्ति वार्तामा अमेरिकालाई सहभागी गराउने विषयमा रसिया सहमत भएको छ ।

यस अघि सरकार र विद्राहीबीच गरिएका विभिन्न सम्झौतामा वासिङ्टनले पनि विशेष भूमिका खेलेको थियो । यद्यपि पछिल्लो युद्धबिराममा अमेरिकाको प्रत्यक्ष सम्लग्नता रहेको छैन ।

मस्को र अङ्कराको पहलमा भएको सम्झौता अनुसार सिरियाली विद्रोहीसँग राष्ट्रपति वसर अल असदको प्रशासनले जनवरी २३ मा अस्पतानामा थप छलफल गरी सिरियामा जारी द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत, सम्बोधन गर्ने सहमति भएको छ ।

आगामाी वार्तामा वासिङ्टनलाई पक्कै निम्त्याइने छ । यसमा रसियाको समेत सहमति जनाएको छ, मेभलुटको कभसोग्लुले बिहीबार जेनेभामा सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । रासस÷एएफपी

Published on January 13, 2017 at 7:12 am

Loading…
Previous Post
Next Post

post written by:

0 comments: