Thursday, January 12, 2017

३ वर्षमा मेसी, सुआरेज र नेइमारले गरे बार्सिलोनाका लागि ३ सय गोल

विराटनगर, पुस २८ ।
बार्सिलोनाका तीन खतरनाक स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमारले मिलेर क्लबका लागि ३ सय गोलको नयाँ कीर्तिमान बनाएका छन् ।

एमएसएनको नामले चर्चित यी तीनै स्ट्राइकरले बुधबार एथ्लेटिक बिल्बाओविरूद्ध गोल गरेका थिए । सन् २०१४ मा तीनवटै स्ट्राइकर एउटै क्लबमा अनुबन्धित भएपछि संयुक्त रूपमा क्याटलान क्लबका लागि ३ सय गोल पूरा गरेका हुन् ।

२०१४ यता मेसीले बार्सिलोनाका लागि १२४, नेइमारले ७६ र सुआरेजले सय गोल गरेका थिए । ३ वर्षको समयमा यी तीन स्ट्राइकरले ३ सय गोल पूरा गरेका हुन् ।

Previous Post
Next Post

post written by:

0 comments: