Monday, January 9, 2017

लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने दुबैलाई एक महिना जेल सजाय

काठमाडौं,पुस २५ – लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट हटेपनि उनलाई भ्रष्ट र अनैतिक भन्दै कालोमोसो दल्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालेलाई दुई जनालाई सर्वोच्च अदालतले १ महिना जेल सजाय सुनाएको छ। दाङ घर भएका नेकपा माओवादीका कार्यकर्ता शाही र बुढाले सर्वोच्च अदालत परिसरमा निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दलेका थिए ।

आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै अखिल क्रान्तिकारीकाले भोली मंगलबार देशभर आम शैक्षिक हडतालको घोषणा गरेको छ । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुन योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतले नियुक्ति खारेज गरेको हो ।

हिजोबाटै उनी अख्तियार प्रमुखबाट बिदा भएका छन् । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको योग्यतामाथि नपुगेको भन्दै हालेको रिटको पुनरावोलकन गर्दै सर्वोच्चले यो फैसला गरेको हो ।

Previous Post
Next Post

post written by:

0 comments: