Monday, January 9, 2017

आठौं मिडिया कप फुटबल :कान्तिपुर र एपीको जित

काठमाडौं पुस २५ – डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजनले आठौं मिडिया कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगिताको समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले नेपाल टेलिभिजन (एनटीभी) लाई २–१ गोलले पराजित ग¥यो । कान्तिपुरका नवीन खड्काले दुवै गोल गरे । एनटीभीका सुशील अधिकारीले सान्त्वना गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’ कै अर्को लिग खेलमा एपीले एभिन्युजलाई ५–१ गोलले हरायो । एपीका लागि प्रसित हुमागाईंले ह्याट्रिक गरे भने शंकर खड्का र सुवास समलले १–१ गोल थपे । एभिन्युजका सञ्जय श्रेष्ठले १ गोल फर्काए । मंगलबार हुने समूह ‘बी’ को एक मात्र खेलमा रेडियो नेपालले इमेज च्यानल विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Previous Post
Next Post

post written by:

0 comments: