Sunday, January 15, 2017

रहेनन् चर्चित युवा गायक तथा र्‍यापर यम बुद्ध-आत्महत्याको आंशका

युवा गायक एवं चर्चित र्‍यापर  यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। २९ बर्षीय गायक यम बुद्ध  स्थानीय समय अनुसार शनिबार बिहान साउथह्यारो स्थित घरको आफ्नै बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका हुन् ।


२९ बर्षीय गायक  आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका गायक यम बुद्धको मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने बताईएपनि उनले आत्महत्या गरेको परिवार सदस्यले बताएको बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ।


उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।


शब्द संगीत र गायन ३ वटै बिधामा उत्तीकै अब्बल यम बुद्ध संन्देश मुलक गीतलाई र्‍यापमा ढालेर गाउने युवा पुस्ताका चर्चित गायक हुन् ।उनका अतितका दिन, आउँदै छु म, फुटपाथ मेरो घर, म फुट्छु तर झुक्दीन, आमा, साथी लगायतका थुप्रै गीतहरु चर्चामा छन् ।


Published on January 14, 2017 at 9:53 am



Loading…



Previous Post
Next Post

post written by:

0 comments: