Thursday, January 12, 2017

‘डन’ दीपक मनाङ्गे राप्रपामा प्रवेश

काठमाडौं, पुस २८ ।
दीपक मनाङ्गे नामले चर्चित ‘डन’ राजिव गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा राप्रपा अध्यक्ष कमल थापाले टीका लगाइदिएर मनाङ्गेलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश विशेष कार्यक्रमबाट अन्य पार्टी परित्याग गरेर आएका झन्डै २ सय युवा राप्रपामा प्रवेश गरेको उक्त पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

Previous Post
Next Post

post written by:

0 comments: