Tuesday, January 10, 2017

अफगानिस्तानको संसद भवन नजिकै बम बिस्फोट, कम्तिमा ३० को मृत्यु

काबुल, पुस २६ -अफगानिस्तानको राजधानी काबुलस्थित संसद भवननजिकै मङ्गलबार भएका दुई बम विस्फोटमा परी   ३० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ। व्यस्त समयमा भएको यस बिस्फोटनमा ८० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा अधिकांश संसद् भवनमा कार्यरत कर्मचारी छ।

संसद भवनबाट कर्मचारीहरु बाहिर निस्कने गेट बाहिर भएका विस्फोटको तालिवानले जिम्मा लिएको छ।
पहिलो विस्फोट पैदल हिँडिरहेका आत्मघाती आक्रमणकारीले गराएका थिए। लगत्तै संसद भवनको सडकपारि पार्किङ गरेर राखेको कारबम विस्फोट भएको थियो। घाइते भएकामध्ये प्रायः संसद भवनका कर्मचारी रहेको आशंका गरिएको छ। एएफपी

Previous Post
Next Post

post written by:

0 comments: