Thursday, January 12, 2017

लागूऔषधसहित एक पक्राउ

विराटनगर, पुस २८ ।
मोरङको हात्तीमुडा–८ स्थित राहुल पेट्रोलपम्पनजिकैबाट प्रहरीले बुधबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरदुलारी–१ बस्ने १८ वर्षीय सविन चौधरी रहेका छन् । चौधरीलाई इलाका प्रहरी कार्यालय, निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ७ बजेतिर पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट फेनारगन–८ एम्पुल, डाईजेपाम्प–९ एम्पुल, लुप्रिजेसिक–८ एम्पुल बरामाद गरेको छ । लागुऔषधसहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान अघि बढाइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: