Tuesday, January 10, 2017

भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख मृत फेला

काठमाडौं,पुस २६ – भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम चितवनमा मृत फेला परेका छन् । गएको सोमबार एकसातापछि कार्यालय फर्केर आउने वाचा गर्दे कार्यालयबाट निस्केका गौतम सोमबार साँझ रामनगरको बनमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

रामनगरको बनमा दाउरा खोज्ने दाउरेले रुखमा झुन्डिएको अवस्थामा मानिसलाई देखेको भन्दै प्रहरीमा खवर गरेका थिए । काठमाडौंमा नपुगेको, कार्यालयमा पनि नफर्किएको र घरमा समेत सम्पर्क नगरेपछि उनको खोजतलास सुरु गरिएको थियो । उनका साथबाट पर्स र केही रकम, मोवाइल र उनको फोटो भेटिएको भरतपुरका प्रहरीले जनाएका छन् । पर्वत घर भएका गौतमका परिवार काठमाडौं बस्दै आएका छन् । गौतमका २ छोरी १ छोरा र पत्नी छन् ।

Previous Post
Next Post

post written by:

0 comments: