Monday, January 9, 2017

नोकियाको पुनरागमन, ल्यायो नयाँ एन्ड्रोइड स्मार्टफोन, यस्ता छन् बिशेषता

एजेन्सी – एक समय विश्वमै चर्चित बनेर लोपभएको मोबाइल नोकियाले बजारमा पुनरागमन गरेको छ। फिनिस मोबाइल कम्पनी नोकियाले आफ्नो पहिलो एन्ड्रोइड फोन नोकिया ६ सार्वजनिक गर्दै बजारमा आएको छ । नोकियाको उत्पादन र बजारीकरणको बिशेष अधिकार रहेको एचएमडी ग्लोवलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल सार्वजनिक गरेको छ ।
एचएमडी ग्लोवलको पहिलो स्मार्टफोन चीनको स्थानीय नेटवर्किङ कम्पनी ‘जेडी डट कम’को माध्यमबाट नोकिया सिक्स मोडलको स्मार्टफोन उपलब्ध हुनेछ । यसको मूल्य १६०० चिनियाँ युआन *करिव २५ हजार रुपैयाँ) निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार उनीहरुले अर्को मोडल एच वानको पनि यसै बर्षभित्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । गुगलको पछिल्लो अपरेटिङ सिस्टम नोगाट भर्सन र ५.५ इन्च डिस्पले भएको यस फोनमा ४ जीबी ¥याम, ६४ जीबी इनटरनल मेमोरी समावेश छ भने १ सय २८ जीबी मेमारी कार्ड स्पोर्ट गर्छ ।
साथै यसमा १६ एमपी रियर तथा ५ एमपी फ्रन्ट क्यामेरा समावेश गरिएकोमा ३ हजार एमएएच ब्याट्री क्षमता रहेको छ ।
नोकिया सिक्स एन्ड्रोइडको ७.० भर्सनमा उपलब्ध छ भने यसमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।
मोवाइलको ५.५ इन्च पूर्ण एचडी स्क्रिन छ भने २.५ डिग्री कर्भ ग्लास र कर्निङ गुरिल्ला ग्लास ३ प्रोटेक्सन सुविधा छ ।
यो मोवाइल फोन ४ जीवी र्‍याम र अक्टा-कोर क्वाल्कोम स्न्यापड्रागन ४३० प्रोसेसरद्वारा सञ्चालित छ । ६४ जीवी इन्टरनल मेमेरी रहेको यो मोवाइलमा १२८ जीवीसम्मको मेमेरी कार्ड प्रयोग गर्न सकिनेछ ।

नोकिया सिक्समा १६ मेघाफिक्सेल ब्याक र ८ मेघापिक्सेल फ्रन्ट क्यामरा छ । दुवैतर्फै फ्ल्यास लाइटको सुविधा छ ।

Previous Post
Next Post

post written by:

0 comments: