Sunday, January 8, 2017

विराटनगरमा साताव्यापी कृषि तथा औद्योगिक प्रदर्शनी हुने

विराटनगर, पुस २५ ।
विराटनगरमा एक साता लामो विराट एक्स्पो–२०७३ (कृषि तथा औद्योगिक प्रदर्शनी) आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी फागुन ११ देखि १७ गतेसम्म एक्स्पो आयोजना गर्ने जनाएको हो ।
मेलामा तीनवटा विभिन्न ब्लकमा क्षेत्रगत रूपमा छुट्टाछुट्टै स्टलहरू राखिने छ । २ सयभन्दा बढी स्टल रहने मेलामा ५० करोडको कारोबार हुने उद्योग संगठनको अनुमान छ । दैनिक ७ करोडको कारोबार हुने मेला ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न १ करोड १० लाख रुपैया“ खर्च लाग्ने उद्योग संगठनले अनुमान गरेको छ । प्रदर्शनीमा बाल उद्यान र खानाका विभिन्न परिकारसँगै मनोरञ्जनका लागि कलाकारहरूको प्रस्तुतिसमेत समावेश गरिएको छ ।

कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपंक्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिल्ला विकास समिति मोरङ र विराटनगर उपमहानगरपालिका सहआयोजक रहेको उद्योग संगठनले जनाएको छ ।

Previous Post
Next Post

post written by:

0 comments: